२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौँ,माघ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
बिहीबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार र चाँदीको भाउ तीन सय ४० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको छ ।यसअघि बिहीबार सुनको भाउ प्रतितोला तीन लाख छ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यसैगरी बिहीबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर शुक्रबार पाँच हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार