वाशिङ्टन डिसी ( अमेरिका ), माघ । बौद्ध भिक्षुहरूको एउटा समूहले संयुक्त राज्य अमेरिकामा चार महिना लगाएर ३ हजार २०० किलोमिटर लामो पदयात्रा सम्पन्न गरेको छ।
गतवर्ष अक्टोबर २६ मा टेक्ससबाट आरम्भ भएर वाशिङ्टन डीसीमा ज्यानुअरी १० मा टुङ्गिएको उक्त पदयात्रामा १९ भिक्षु सहभागी थिए। त्यसलाई ' वाक फर पीस' अर्थात् ' शान्ति पदयात्रा ' भनिएको थियो।
बाटोमा भिक्षुहरू कहिलेकाहीँ खाली खुट्टा हिँडे भने कहिलेकाहीँ हिउँ परेको भए पनि उनीहरूले यात्रा परित्याग गरेनन् अमेरिकामा राजनीतिक विभाजन उत्कर्षमा पुगेका बेला आयोजित उक्त पदयात्राले लाखौँ अमेरिकीहरूको ध्यानाकर्षण गर्यो।
विश्वभरि रहेका विभिन्न थेरवादी बौद्ध मन्दिरबाट आएका भिक्षुहरूले १०८ दिन हिँडेर अमेरिका र विश्वभरि शान्ति, दयाभाव र करुणा फैलाउनुपर्ने सन्देश दिए। - बीबीसीबाट