२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा विघटन

सर्वोच्चले तोकेन पेशी : ' माघ २८ मा साधारण तारिख '

सर्वोच्चमा विचाराधीन छन् १७ थान रिट

मंगलवार , माघ २०, २०८२

 

काठमाडौँ, माघ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च प्रशासनले माई २८ गतेलाई साधारण तारिख तोकेको छ । मंगलबार साधारण तारिख तोकिएको थियो । त्यसैले यस रिटमा पेशी तोकिने अपेक्षा गरिएको थियो ।

तर सर्वोच्च मुद्दा शाखाले पेशी नतोकी माघ २८ लाई साधारण तारिख तोकेको हो । तारिख मुद्दाका पक्षहरू अदालतमा हाजिर हुन आउने निर्धारित मिति हो । साधारण तारिख र पेसी तारिख गरी यी दुई प्रकारका हुन्छन् ।

मुद्दा सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मितिलाई पेशी तारिख भनिन्छ । यसलाई सामान्य बोलचालको भाषामा पेशी मात्रै भन्ने चलन पनि छ र पेशी तारिखबाहेकका अन्य जुनसुकै प्रयोजनका लागि अड्डा अदालतमा हाजिर हुनु पर्ने भनी तोकिएका सबै तारिखहरूलाई साधारण तारिख भनिन्छ ।

एमाले, कांग्रेस र सार्वजनिक सरोकार अन्तर्गत पेस भएका १७ थान रिटहरू दोस्रो सुनुवाइ पर्खेर बसेका छन् । सर्वोच्चले यसअघि रिटहरूमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश र लिखित जवाफ मगाएको थियो । त्यसपछि सर्वोच्चले यी सबै रिटहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो ।

उक्त आदेशपछि एकै ठाउँमा रिटहरूलाई राखिएको थियो । सबै रिट साथै राखे पनि विपक्षी बनाइएका हरूको लिखित जवाफ नआउँदा हालसम्म सुनुवाइका लागि पेशी तोकिएको छैन ।

सर्वोच्चमा विचाराधीन छन् १७ थान रिट

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी १७ थान रिट विचाराधीन छन् । सुरुमा कानुन व्यवसायीहरूलेसमेत सार्वजनिक सरोकारअन्तर्गत रिट दायर गरेका थिए । त्यसपछि एमालेका तर्फबाट रिट दायर भएको थियो ।

तेस्रो पटक कांग्रेसका प्रमुख सचेतकसहितले रिट दायर गरेका थिए । उक्त रिटमा पुनः कांग्रेसका ५७ सांसदसहित अन्य दलका सांसदहरू थपिएर सरिक हुन पाउन माग गर्दै पूरक रिट पेस गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार