२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको भाउ तोलामा २० हजार पाँच सयले घट्यो

शुक्रवार , माघ १६, २०८२

काठमाडौँ,माघ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेकामा शुक्रबार सुनको भाउ तोलामा २० हजार पाँच सय र चाँदीको चार सय ४० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ । सुनको भाउ यसअघि बिहीबार प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यता, बिहीबार हालसम्मकै उच्च प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको असली चाँदीको भाउ शुक्रबार घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार