२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्य इतिहासकै उच्च

मंगलवार , माघ १३, २०८२

काठमाडौँ,माघ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ ।सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन सय र चाँदीको एक सय पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो । सुनको मूल्य सोमबार प्रतितोला तीन लाख नौ हजार रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला छ हजार सात सय ६५ रुपैयाँमा रहेको असली चाँदीको भाउ मंगबार बढेर छ हजार आठ सय ७० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य पनि इतिहासकै सर्वाधिक हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार