२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुनचाँदीको भाउमा रेकर्ड कायम, तीन लाख नौ हजार पुग्यो सुनको भाउ

सोमवार , माघ १२, २०८२

काठमाडौँ,माघ। नेपाली बजारमा सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख नौ हजार रुपैयाँ पुगको छ । यसअघि आइतबार प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको सोमबार एकै दिन पाँच हजार दुई सय रुपैयाँ बढेर सोमबार इतिहासकै नयाँ रेकर्ड कायम भएको हो ।

यता, सोमबार असली चाँदीको भाउ पनि भारी वृद्धि भएको छ । आइतबार प्रतितोला छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार तोलामा दुई सय ८५ रुपैयाँ बढेर छ हजार सात सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार कायम भएको चाँदीको मूल्य इतिहासकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार