२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वापाको जनकपुर आमसभा

अध्यक्ष रबिले भने : मैले आमालाई भनेँ - ' बालेनले देश चलाउँछ '

सोमवार , माघ ५, २०८२

 

जनकपुर, माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको हित र जनताको चाहना अनुसार हामी बालेनसँग एक ठाउँमा आएको बताएका छन ।

उनले हाम्रो भेटमा ५ मिनेटमै आफूहरु सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको पनि उल्लेख गरे। उक्त कुरा रास्वपाले जनकपुरमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यस्तो कुरा बताएका हुन ।

उनले आगामी निर्बाचनमा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसद् जाने पनि उद्घोष गरे ।' उनले भेट गर्दा ५ मिनेटमै आफूहरु सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको पनि बताए।

हिजो सबैभन्दा धेरै भोट ल्याएको सांसद बनेको थिएँ अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं,' उनले भने, 'मलाई सम्झना छ( जब चितवनका जनताले सबैभन्दा धेरै भोट दिएर संसद् पठाएका थिए तर छलछाम गरेर निकालियो । '

बालेनसँगको सहमतिको प्रसंग निकाल्दै उनले भेटको पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको पनि बताए । जुन दिन बालेन र मेरो भेट भयो । त्यो ५ मिनेटमै सकिएको हो,' उनले भने, 

स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको लामिछानेले सुनाए ।

'मैले आमाको तस्बिरमा हेरेर भनेँ - आमा, बालेनले देश बनाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ । यसको साक्षी मेरी श्रीमति पनि छिन्, उनले भने ।

सरकारले लगाएको मुद्दाले कुनै दिन आफूलाई जेलसमेत पुर्याउन सक्ने उनको भनाइ थियो । बच्चालाई गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारको मुद्दाले त्यो अवस्थामा पुर्याउला तर कुनै चिन्ता छैन, देशले बालेन पाएको छ ।'

सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि मैथिली भाषामा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार