२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको भाउ बढ्दा चाँदीको घट्यो

आइतवार , माघ ४, २०८२

काठमाडौँ,माघ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ ।गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा छ सय रुपैयाँ बढ्दा चाँदीको २० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको भाउ गत शुक्रबार प्रतितोला दुई लाख ७७ हजार दुई सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च गत पुस ३० मा प्रतितोला दुई लाख ७८ हजार पुगेको थियो ।

यता, गत शुक्रबार प्रतितोला पाँच हजार छ सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर आइतबार पाँच हजार छ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च गत पुस ३० मा प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार