२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको भाउ वृद्धि

शुक्रवार , माघ २, २०८२

काठमाडौँ,माघ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सात सय र चाँदीको एक सय ६० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई ७७ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको भाउ यसअघि बिहीबार प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस ३० मा प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ पुगेको थियो । यता, बिहीबार प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर शुक्रबार पाँच हजार छ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार