२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य इतिहासकै उच्च प्रतितोला दुई लाख ७८ हजार

बुधवार , पौष ३०, २०८२

काठमाडौँ, पुस । नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार पुगेको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो । यसै साताको आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ रहको सुनको भाउ त्यसपछि निरन्तर बढेको हो ।

सोमबार प्रतितोला दुई लाख ७४ सात सय र मंगलबार दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो । 

यता, असली चाँदीको भाउ उच्च दरले बढेको छ । बुधबार एकैदिन तोलामा तीन सय १५ रुपैयाँले चाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार मूल्य बढेसँगै चाँदी प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको छ । 

चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो ।

चाँदी अघिल्लो दिन मंगलबार पाँच हजार तीन ४० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार