२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

बुधवार , पौष २३, २०८२

काठमाडौँ, पुस। नेपाली बजारमा चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तोलामा ५५ रुपैयाँ बढेर चार हजार नौ सय ३५ रुपैयाँ पुगेको हो ।

यता बुधबार सुनको भाउ भने घटेको छ ।मंगलबारको तुलनामा सुनको भाउ तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार