२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको मूल्य प्रतितोला २हजार ५ सय रुपैयाँ बढ्याे

सोमवार , पौष २१, २०८२

काठमाडौँ,पुस । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ।

यो उच्च वृद्धिसँगै बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ, जुन आइतबार २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ। आइतबार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र अन्य आर्थिक कारणहरूले गर्दा नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको व्यवसायीहरूको विश्लेषण छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार