२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा निर्बाचन

एमाले उपाध्यक्ष गुरुङले भने  : ' प्रमुख तीन दलको मोर्चा बन्नसक्छ '

लोकतन्त्र र परिवर्तनका एजेन्डा बोकेका कांग्रेस, एमाले र नेकपाबीच चुनावी मोर्चाबन्दी गर्नुपर्ने अबस्था आउने वातावरण बन्दै

शनिवार , पौष १९, २०८२

 

लमजुङ, पुस । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मोर्चाबन्दी हुनसक्ने बताएबका छन ।

नेकपा (एमाले) लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको ११ औं महाधिवेशनबाट निर्वाचितहरूको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता गुरुङले यस्तो बताएका हुन ।

रास्वपा, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीबिच एकता भएपछि पुराना दुई दलबीच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको उनले बताए । उनले भने, प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइरहेको छ ।

छलफलमा नेकपा पनि मिसिएको छ । प्रचण्डहरूलाई पनि मिसाएर लैजाने हुनसक्छ । उनले कांग्रेस र एमालेबिच यसअघि दुबैले जितेका आ–आफ्ना क्षेत्र लिने र बाँकी रहेका क्षेत्र भागवण्डा गर्नेगरि मोर्चाबन्दी हुनसक्ने बताए ।

उनले भने, नेकपालाई पनि मोर्चामा समेट्नु पर्ने भएमा कांग्रेस एमालेले ७० - ७० र बाँकी २५ सिट नेकपालाई दिन सकिन्छ ।

उपाध्यक्ष गुरुङले नयाँ दलहरूले देखाएको गैरजिम्मेबार रवैया, जेनजीको असन्तुष्टिलाई उक्साएर आन्दोलन हाइज्याक गर्ने प्रवृत्ति र त्यसैको आडमा राष्ट्रिय सम्पदा जलाउने तथा सार्वजनिक संरचनामाथि आक्रमण गर्ने घटनाले देशलाई अस्थिरतामा धकेलेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार