२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्यमा भारी गिरावट

मंगलवार , पौष १५, २०८२

काठमाडौँ, पुस । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा सात हजार नौ सय र चाँदीको तीन सय पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ हालसम्मकै उच्च आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । यता, सोमबार हालसम्मकै उच्च प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको असली चाँदीको भाउ घटेर मंगलबार चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार