२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको भाउ उकालो लाग्नेक्रम जारी

आइतवार , पौष १३, २०८२

काठमाडौँ,पुस। नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लाग्नेक्रम जारी छ । सुनको भाउ गत शुक्रबारको तुलनामा साताको पहिलो दिन आइतबार तोलामा एक हजार तीन सय र चाँदी दुई सय ७० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको यो भाउ हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबारको तुलनामा भाउ ह्वात्तै बढेर असली चाँदी प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो भाउ पनि हालसम्मकै सर्वाधिक हो ।

यसअघि शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार