काठमाडाैँ , पुस । अर्थमन्त्री डा.रामेश्वर खनालले फागुन २१ गतेको चुनावपछि अर्थतन्त्र पूर्ण रुपमा लयमा फर्किने बताएका छन । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण र सम्मान कार्यमा बोल्दै उनले यस्तो बताए ।
जेन -जी आन्दोलनपछि गठिन वर्तमान सरकार चुनाव गराउने प्रमुख दायित्व रहेकोले चाहेर पनि सोचे अनुसार अर्थतन्त्रमा सुधार हुन नसके पनि सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण गर्न म गरिरहेको मन्त्री खनालले बताए ।
उनले भने, ' विनियोजित बजेटलाई कार्यान्वयनको लागि परेका छौँ । अर्थतन्त्रलाई लयमा फर्काउन काम सुरु भए पनि चुनावपछि पूर्ण रुपमा लयमा फर्किनेछ । देशको अर्थतन्त्रलाई सवल बनाउन विधिको शासन, प्रणालीगत सुधार र आचरणमा परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले भने, ४७ वर्षसम्म यस अस्पतालको जग्गा रजिष्ट्रेशन नहुनु र जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख लाभकर मिनहा गरेर दाता परिवारद्वय मुरारका र शारडा परिवारको चाहना पुरा भएको छ ।
अस्पतालको थप विकासको लागि विनियोजित बजेटबाट थप बजेट दिन नमिल्ने प्रावधान रहेको मन्त्री खनालले भन्दै स्वास्थ्य मन्त्रालय र मधेश प्रदेशको बजेटबाट यस अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि पहल गरिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको जनसंख्या अनुसार बजेट नभएकोले शिक्षा स्वास्थ्य कृषि र पर्यटन क्षेत्रमा चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको बताए ।
कार्यक्रममा दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका र पवन कुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद दिए ।
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारडाले उद्योगी व्यापारीलाई लगानी गर्न सुरक्षाको व्यवस्थाको माग गर्दै ज्ञापनपत्र अर्थमन्त्री खनाललाई बुझाए ।