काठमाडौं, पुस । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० पुगेको हो।
यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार ५ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०० पुगेको थियो। यस्तै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ।
यसदिन १६५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ४ हजार ४२० रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।