२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

सार्वजनिक ऋण बढ्दै : ' तिर्न बाँकी २७ खर्ब ८८ अर्ब नाघ्यो '

पछिल्लो पाँच महिना : १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपियो

सोमवार , पौष ७, २०८२

 

काठमाडौँ,  पुस  ।  चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकले गएको पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको देखाएको छ ।

यससँगै मंसिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ बढेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी ) सँगको अनुपातमा ४५.६६ प्रतिशत हो ।

गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १ अर्ब ६३ करोड (जीडीपीको २१.३१ प्रतिशत) र बाहृय १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ (जीडीपीको २४.३५ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।

गएको पाँच महिनामा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार