२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको भाउ घट्दा चाँदीकोमूल्य ह्वात्तै बढ्यो

आइतवार , पौष ६, २०८२

काठमाडौँ, पुस । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घट्दा चाँदीको ह्वात्तै बढेको छ ।गत साताको शुक्रबारको तुलनामा आइतबाट सुनको भाउ तोलामा सय रुपैयाँ घट्दा चाँदीको सय रुपैयाँ नै बढेको छ ।

मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार बढेर चार हजार एक सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । मंसिर २९ मा प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार