२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जापानको लक्ष्य : एसियाली राष्ट्रसँग आर्थिक सहकार्य विस्तार

शनिवार , पौष ५, २०८२

 

टोकियो, पुस । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजना सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो ।

प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेतासँग पहिलो शिखर सम्मेलन आयोजना गरे बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार जापानले मध्य एसियामा पाँच वर्षभित्र कुल तीन करोड येन बराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ ।

जापानले दुर्लभ धातु आपूर्ति विविधिकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ । वक्तव्यमा उल्लेख छ, प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी मध्य एसियाले अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नु महत्त्वपूर्ण छ ।

नेताले महत्त्वपूर्ण धातु आपूर्ति श्रृङ्खला सुदृढीकरणका लागि सहयोग बढाउने, आर्थिक विकास प्रवर्धन गर्ने र वातावरणीय लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, उहाँहरूले रूस, चीन र युरोपेली सङ्घका शीर्ष नेतासँग यस वर्ष अलग(अलग शिखर सम्मेलन पनि गरेका छन् । विशेषज्ञले यस शिखर सम्मेलनलाई जापानको क्षेत्रीय उपस्थिति बलियो बनाउन महत्त्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् ।

मध्य एसियाका राष्ट्र प्राकृतिक स्रोतमा धनी भए पनि आर्थिक अवस्थाका कारण यी स्रोतको उपयोग चुनौतीपूर्ण रहिरहेकाले सहकार्य र समन्वय आवश्यक छ । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार