२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य तोलामा सात सय र चाँदीको २५ रुपैयाँ बढ्यो

बिहिवार , पौष ३, २०८२

काठमाडौँ,पुस । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा सात सय र चाँदीको २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मै उच्च गत सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यता, बुधबार प्रतितोला चार हजार ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार