२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्य : ' मूल्य निरन्तर बढेको बढ्यै '

बुधवार , पौष २, २०८२

 

काठमाडौँ, पुस । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु. ७०० सय र त्यति नै परिमाणको चाँदी रु. १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु। तीन हजार ८८५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार