२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ,मङ्सिर। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

आज राती भने देशमा कुनै पनि मौसम प्रणालीको प्रभाव नरहने महाशाखाले जनाएको छ।

। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य आकाशिएको छ । आइतबार प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छापावाला सुनको भाउ सोमबार बढेर दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । सुनको सोमबारको भाउ हालसम्मकै उच्च हो । 

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार छ सय रुपैयाँका कारोबार भएको थियो । यता, सोमबार असली चाँदीको भाउ बढेको छ ।

मूल्य बढेसँगै चाँदी सोमबार प्रतितोला तीन हजार आठ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी यसअघि गत शुक्रबार प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार