काठमाडौँ,मङ्सिर। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो । सुन यसअघि गत असोज ३१ मा दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेको सुनको भाउ पछिल्ला दिनमा बढ्दै आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार छ सय रुपैयाँका कारोबार भएको थियो । यता, आइतबार असली चाँदीको भाउ भने घटेको छ । मूल्य घटेसँगै आइतबार प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी यसअघि गत शुक्रबार प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो ।