२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बेलायती अर्थतन्त्र : 'आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने '

शुक्रवार , मंसिर २६, २०८२

 

लन्डन, मङ्सिर । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स() ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।

बीसीसीका पूर्वानुमान अनुसार, सन् २०२६ मा बेलायतको कुल राष्ट्रिय उत्पादन (जीडीपी) १.२ प्रतिशतले वृद्धि हुने देखिएको छ, जुन सन् २०२५ को १.४ प्रतिशत वृद्धिदर भन्दा कम हो ।

व्यावसायिक लगानी पनि कमजोर रहने अनुमान गरिएको छ, २०२५ मा तीन प्रतिशत वृद्धि हुने अनुमानित लगानी सन् २०२६ मा मात्र ०.९ प्रतिशतले बढ्ने देखिएको छ । व्यापार वृद्धिदर पनि सुस्त रहने अपेक्षा गरिएको छ ।

निर्यात वृद्धिदर तीन प्रतिशतबाट घटेर १.८ प्रतिशत र आयात वृद्धिदर ३.८ प्रतिशतबाट १.४ प्रतिशतमा सीमित रहने देखिएको छ । औसत आम्दानी क्रमिकरूपमा बढ्नेछ भने बेरोजगारी दर ५.१ प्रतिशतसम्म पुग्ने सम्भावना छ ।

लागत दबाब, कम उत्पादकता र सीमित उत्पादनले कम्पनीको भर्ती क्षमता सीमित गर्नेछ । तर ढिलो तलब वृद्धिले र सुस्त श्रम बजारले मुद्रास्फीतिमा केही हदसम्म नियन्त्रण ल्याउने बीसीसीले जनाएको छ ।

बीसीसीका अनुसन्धान प्रमुख डेभिड भारियरले भने , ' बेलायतको अर्थतन्त्र कम गतिमा अघि बढिरहेको छ र यसले वित्तीय तथा राजनीतिक क्षेत्रमा चुनौती ल्याउनेछ । साना र मध्यम आकारका व्यवसायका लागि सन् २०२६ चुनौतीपूर्ण रहने छ, लगानी र निर्यात वृद्धिमा कठिनाइ आउँछ ।'

बीसीसी आर्थिक सल्लाहकार परिषद् अध्यक्ष विक्की प्राइसले थपे, 'बजेटले आवश्यक वृद्धिकारक उपाय समेटेन भने व्यवसायले अर्को वर्ष पनि चुनौतीपूर्ण परिस्थितिसँग जुध्नुपर्ने छ । बेरोजगारी बढ्दा उपभोक्ता खर्च घट्नेछ र कम्पनीले थप कठिनाइ भोग्नुपर्नेछ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार