२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनचाँदी दुवैको मूल्यमा वृद्धि

बिहिवार , मंसिर २५, २०८२

काठमाडौँ,। बुधबारको तुलनामा आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ । जुन हिजो बुधबार रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो। यसरी सुनको मूल्य प्रतितोलामा एक हजारले बढेको छ।

त्यसैगरी, आज एक तोला चाँदीको मोल रु. तीन हजार ८०५ निर्धारण भएको छ । जुन बुधबार तीन हजार ७५० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा पनि मूल्य बढेको छ।

आज अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक औँस सुन ४,२४२ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार