काठमाडौँ, मङ्सिर । नेपाली बजारमा बुधबार सुनको भाउ समान्य र चाँदीको भाउ ह्वात्तै बढेको छ ।मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई सय र चाँदीको एक सय ५० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
यता, मूल्य ह्वात्तै बढेसँगै बुधबार असली चाँदीको भाउ प्रतितोला तीन हजार सात सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । >चाँदीको भाउ यसअघि मंगलबार प्रतितोला तीन हजार छ सय रुपैयाँ रहेको थियो ।