२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढ्यो

मंगलवार , मंसिर २३, २०८२

काठमाडौँ,मङ्सिर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको थियो । यता, सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार