२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भारतलाई इन्धन आपूर्ति जारी राख्छौँ : राष्ट्रपति पुटिन

ऊर्जा सुरक्षा भारत - रुस साझेदारीको बलियो स्तम्भ : मोदी

शुक्रवार , मंसिर १९, २०८२

 

नयाँदिल्ली, मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाएका छन । पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ ।

पुटिनले नयाँदिल्ली भ्रमणका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै भने, रुस तेल, ग्यास, कोइला र भारतको ऊर्जाको विकासका लागि आवश्यक सबै कुराको भरपर्दो आपूर्तिकर्ता हो । हामी तीव्र गतिमा बढिरहेको भारतीय अर्थतन्त्रका लागि इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न तयार छौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतका धेरै उत्पादनमा ५० प्रतिशत कर लगाउनु भएपछि, भारतले रूसी तेलको निरन्तर खरिदलाई उद्धृत गर्दै उक्त निर्णयको औचित्य राखेको थियो ।

प्रधानमन्त्री मोदीले पुटिनलाई भारतप्रतिको अटुट प्रतिबद्धताका लागि धन्यवाद दिँदै ऊर्जा सुरक्षालाई भारत - रुस साझेदारीको बलियो स्तम्भ भएको बताए । उनले पुटिनलाई ‘मेरा मित्र’ भनेर सम्बोधन गर्दै दुई देशको लामो समयदेखि रहेको सम्बन्धको प्रशंसा पनि गरे ।

भेटका क्रममा अधिकारीले रोजगारी, स्वास्थ्य, ढुवानी र रसायन क्षेत्रका सम्झौता आदान प्रदान गरेका छन् । मोदीले पुटिनलाई सन् २०३० सम्मको आर्थिक सहयोग कार्यक्रममा सहमति भएको जानकारी दिए ।

उक्त सहमतिले व्यापार र लगानीलाई विविधीकृत, सन्तुलित र दिगो बनाउने विश्वास दिलाएको छ । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार