२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिकी व्यापार दबाब : ' भारतले ब्याजदर घटायो '

रेपो दर २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत

शुक्रवार , मंसिर १९, २०८२

 

मुम्बई, मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैँक रिजर्व बैँक अफ इन्डिया (आरबिआई) ले शुक्रबार आफ्नो रेपो दर २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत गरेको छ ।

ऋणात्मक मूल्य(दबाब (कम मुद्रास्फीति) र निर्यातमा कमीले प्रमुख अर्थतन्त्रलाई राहत दिन सक्ने आशामा मौद्रिक नीति समितिले सर्वसम्मतिले यो निर्णय गरेको हो ।

केही विश्लेषकले यस वर्ष आरबिआईले पहिले नै तीन किस्तामा सयभन्दा बढी आधार अङ्क कटौती गरिसकेकोले थप कटौती सहज नहुने अनुमान गरेका थिए । तर अधिकांशले भारतको अर्थतन्त्रमाथि ट्रम्प(अमेरिकाद्वारा लगाइएको उच्च भन्सार शुल्क र निर्यात खारेजीले पार्ने नकारात्मक असरलाई मध्यनजर गरी दर घटाउन उचित बताएका छन् ।

आरबिआईका गभर्नर सञ्जय मल्होत्राले बैँकले खुला बजारमा ११ करोड १० लाख डलरभन्दा बढी सरकारी प्रतिभूति खरिद गर्ने निर्णय गरेको छ र विदेशी मुद्रा तरलता सुनिश्चित गर्न तीन वर्षे डलर - रुपियाँ स्वापमार्फत पाँच अर्ब डलर किनबेच गर्ने योजना बनाएको खुलासा गरे ।

साथै उनले मौद्रिक नीतिमा तटस्थ स्थिति अपनाउँदै थप दर कटौतीको सम्भावना खुला राखेका छन । भारतले अहिले निर्यात गिरावट, अव्यवस्थित रूपियाँ र आर्थिक वृद्धिमा सुस्ती जस्ता चुनौतीको सामना गर्दैछ ।

यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उपभोग कर कटौती र श्रम कानुन सुधारमार्फत आर्थिक गतिविधि प्रवर्धन गर्ने पहल गरिसकेको छ ।

अन्य देशसँगको व्यापार अस्थिरता बिच आरबिआईको नयाँ दर कटौतीले उद्योग, निर्यात कर्ता र उपभोक्ताका लागि केही राहत ल्याउने अपेक्षा गरिएको छ । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार