२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मधेश प्रदेश : ' नयाँ सरकार गठनका लागि आव्हान '

शुक्रबार बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान

बुधवार , मंसिर १७, २०८२

 

काठमाडौँ, मङ्सिर । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशमा नया सरकार गठनका लागि दावी पेश गर्न अह्वान गरेका छन ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि दावी पेश गर्न अह्वान गरेका हुन ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार दिनको ५ बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफनो दावी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) अनुसार राजीनामा दिने घोषणा प्रदेशसभामा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरी संविधानको व्यवस्था अनुरुप नयाँ सरकार गठनको लागि आव्हान गरेका हुन । अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्री परिषद्लाई काम चलाउ सरकार सञ्चालनका लागि तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार