२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एसीसी यू- १९ प्रिमियर कप

नेपाल - यूएईबीच खेल हुँदै : ' च्याम्पियन बन्ने लक्ष्य '

सोमवार , मंसिर १५, २०८२


काठमाडौँ, मङ्सिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल आज भिड्दैछ।

उपाधि भिडन्त आज बिहान १० : ३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

तेस्रो स्थानका लागि आजै मलेसिया र ओमान खेल्नेछन्, किनभने तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो र यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार