२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य : तोलाको. २ लाख ५० हजार नाघ्यो

शुक्रवार , मंसिर १२, २०८२

 

काठमाडौँ, मङ्सिर । नेपाली बजारमा सुनको मूल्य साढे दुई लाख नाघेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५० हजार ६०० पुगेको छ।

बिहीबार ४०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ४८ हजार ४०० पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।

महासंघका अनुसार आज ६५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ३४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार