२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तोलामा नौ सय बढ्यो सुनको मूल्य

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ, मङ्सिर । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको भाउ तोलामा नौ सय र चाँदी २० रुपैयाँ बढेको हो । मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ४८ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ४७ हजार नौ सय तथा सोमबार दुई लाख ४२ हजार सात सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यता मंगलबार प्रतितोला तीन हजार हजार २०० रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार बढेर तीन हजार दुई सय २० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ सोमबार प्रतितोला तीन हजार एक सय १५ रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार