२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल प्रिमियर लिग :  'विराटनगरसँग काठमाण्डु पराजित'

शनिवार , मंसिर ६, २०८२

 

काठमाडौँ, मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको हो ।

सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गरेको हो । काठमाण्डुले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।  उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए ।

जवाफी ब्याटिङ गरेको विराटनगरले १७ ओभर एक बलमा १३५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा भेट्टाएको हो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए ।

काठमाण्डुका लागि साहब आलमले दुई विकेट हात पार्दा करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एकएक विकेट हात पारे । यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । काठमाण्डुले भने लगातार दोस्रो हारको सामना गरेको छ ।

उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार