हनोई (भियतनाम), मङ्सिर । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।
बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियनभन्दा बढी कुखुरा तथा गाई वस्तुलाई बगाएर मृत्यु भएको जनाइएको छ ।
प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन् । ९४६ घर क्षतिग्रस्त भएका छन् । यसैगरी बाढीले लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) आर्थिक क्षति गरेको अनुमान गरिएको छ । सिन्ह्वा