२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मधेश प्रदेश सभा : ' विघटन र प्रमुख शासन लागू गरौँ '

सोमवार , मंसिर १, २०८२

मधेश प्रदेश सभा : ' विघटन र प्रमुख शासन लागू गरौँ '

जनकपुरधाम, मङ्सिर । मधेश प्रदेशमा सुशासन र सङ्घीयता व्यवस्थित गर्न माग गर्दै जनकपुरधामका स्वतन्त्र युवा समाजले प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्नुपर्ने मागसहित प्रदेश प्रमुखमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

समाजका सरोजकुमार मिश्रसहितको टोली जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा २३२ को उपधारा ( ३) अनुसार प्रदेश प्रमुख शासन लागू गर्नुका साथै प्रदेश सभा विघटन गरी स्वतन्त्र नागरिकस्तरको सरकार गठन गर्नुपर्ने माग राख्दै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई आइतबार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा गत भदौ २३ र २४ गते जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनपछि पनि प्रदेशमा भ्रष्टाचार, राजनीतिक दलहरूबीचको खिचातानी र निर्वाचित सांसदहरूको आपसी नछुटा-छुटी बढ्दै गएको उल्लेख गरिएको छ ।

यस्ता गतिविधिले प्रदेशका मन्त्रालयदेखि कार्यालयसम्मको समग्र सेवा–सुविधा अस्तव्यस्त भएको र राज्य सञ्चालक दल तथा जनप्रतिनिधिबाट राष्ट्रियता र सार्वभौमसत्तामा समेत नकारात्मक असर पर्ने निर्णयहरू भइरहेको युवाहरूको दाबी छ ।

स्वतन्त्र युवाहरूले नेपालको संविधान अनुसार कम्तीमा छ महिनाका लागि प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई निलम्बन वा विघटन गरी अस्थायी रूपमा स्वतन्त्र नागरिक सरकार गठन गर्नुपर्ने माग राष्ट्रपतिसमक्ष राखिएको बताएका छन् ।

ज्ञापनपत्र बुझाउँदै समाजका पदाधिकारीहरूले भने, ' प्रदेशमा फैलिएको अराजकता अन्त्य गरी सुशासन कायम गर्न यो कदम अनिवार्य छ । गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार