२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कार्बन उत्सर्जन घट्यो : ' नेपालले पायो १ अर्ब १९ करोड '

आइतवार , कार्तिक ३०, २०८२

 

काठमाडौँ, कात्तिक । करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ ।

तराई आर्क क्षेत्रअन्तर्गतको आरईडीडीप्लस उत्सर्जन कटौती कार्यक्रममार्फत नेपालले कार्बन उत्सर्जन घटाएको हो । यो रकम कोष अन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (ईआरपीए) अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो ।

यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवर्धन गर्ने नेपालको प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार