२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन : ' मङ्सिर ८ गतेदेखि '

आइतवार , कार्तिक ३०, २०८२

 

तुलसीपुर (दाङ), कात्तिक । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार