२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जर्मनीले गर्याे यूक्रेनलाई थप सहयोगको घोषणा

शनिवार , कार्तिक २९, २०८२

 

जर्मनी, कात्तिक । जर्मनीले यूक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन ।

मन्त्री पिस्टोरियसले यो घोषणा अन्य यूरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका थिए । यसअघि जर्मनीले यूक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ ।

बर्लिनले यूक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त गर्दै, सन् २०२६ मा ११ अर्ब ५० करोड युरोभन्दा बढी सहयोग प्रदान गर्ने योजना रहेको जनाएको छ ।

जर्मनीको सङ्घीय विदेश कार्यालयका अनुसार, यसअघि करिब ४० अर्ब युरो सैन्य सहायता उपलब्ध गराइसकेको छ । गुरुवार जर्मनीका प्रधानमन्त्री फ्रिडरिक मर्जले यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमार्फत संवेदनशील विषयमा विचारविमर्श गरेका थिए ।

वार्तामा, यूक्रेनलाई निरन्तर सहयोग सुनिश्चित गर्नुका साथै भ्रष्टाचार र कानूनी सुधारमा प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यसैगरी, युवा यूक्रेनी नागरिकले देश छोडेर अन्य देशतर्फ जाने बढ्दो समस्याबारे पनि दुई नेताबीच छलफल भएको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार