२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको भाउमा एकैदिन ५९ सयको वृद्धि

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ,कात्तिक। सुनको भाउमा एकैदिन ५९ सयको छलाङ आएको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्यमा रु पाँच हजार नौ सयले भारी वृद्धि भएको छ भने चाँदीको मोल पनि तोलामा रु एक सय सत्तरीले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख पचास हजार दुई सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार तीन सय पैंतालीसमा कारोबार भइरहेको छ। बुधबार एक तोला सुन रु दुई लाख चवालिस हजार तीन सय र चाँदी रु तीन हजार एक सय पचहत्तरमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार