२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको भाउ तोलामा दुई हजार एक सयले घट्यो

बुधवार , कार्तिक २६, २०८२

काठमाडौँ ,कात्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई हजार एक सयले घटेको हो ।

मूल्य घटेसँगै बुधबार प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको हो । मंगलबार तीन हजार एक सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी बुधबार तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार