२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको मूल्यमा वृद्धि

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । सुनको मूल्य  अघिल्लो दिन बिहीबार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो । सुनको मूल्यसँगै चाँदीको पनि मुल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो ।

दसै तिहार अघिसम्म सुनको भाउ निरन्तर बढेपनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुई साता अघिबाट भाउ बढ्न थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार