२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दिल्लीमा बढ्दो वायुप्रदूषण : श्वासप्रश्वासजन्य रोगको जोखिम उच्च

बिहिवार , कार्तिक २०, २०८२

 

नयाँदिल्ली, कात्तिक । दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोग जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगबाट पीडित विरामीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकले बिहीबार बताएका छन् ।

मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पताल विगत केही दिन देखि त्यस्ता बिरामीले भरिएका छन् । दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गएपछि बिहीबार, दिल्लीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क ' खराब ' श्रेणीमा रहेको जनाइएको छ ।

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा सडकमा पानी छर्कने दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिट लाइटका खम्बामा वाटर मिस्ट स्प्रेयर जडान गर्ने जस्ता विभिन्न उपाय गरिरहेको जनाइएको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइनका अनुसार दिल्लीमा प्रदुषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरले प्रदुषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् ।

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीको सङ्ख्या २२- २५ प्रतिशत रहेको बताएका छन ।

वायु प्रदूषणका कारण दिल्लीका बासिन्दा प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धा सबैभन्दा धेरै जोखिममा रहेका छन् । उनीहरुले दिल्लीका बासिन्दालाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्य घरभित्रै बसेर गर्न सल्लाह दिएका छन् । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार