काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यता, आइतबार प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँ कायम भएको छ ।