२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायलले गाजामा आक्रमणपछि - ' युद्धविरामको नयाँ अध्यायको घोषणा '

बुधवार , कार्तिक १२, २०८२

 

तेल अवीव (इजरायल), कात्तिक । इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा आतंककारी साइट र हमासका कार्यकर्तालाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

मङ्गलबार इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहूले सेनालाई गाजा पट्टीमा तुरुन्तै बलपूर्वक आक्रमण गर्न निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आईडीएफले इजरायली सुरक्षा एजेन्सी (आइएसए) सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेकोसमेत बताएको छ ।

यसैबिच,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले पुनः हवाई आक्रमण गरे पनि गाजा युद्धविराम कमजोर नहुने बताएका छन । एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार