२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य : चार दिनदेखि निरन्तर गिरावट

बुधवार , कार्तिक १२, २०८२

 

काठमाडौँ, कात्तिक । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार नौ सय रुपियाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार नौ सयमा किनबेच भएको थियो ।

हिजो मङ्गलबार प्रतितोला दुई हजार नौ सय रुपियाँले घटेपछि दुई लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुनः तोलामा सात सय घटेर दुई लाख ३६ हजार तीन सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर दुई हजार ९६५ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार