२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

ट्रम्पले गरे -' प्रतिभाशाली सी ' को प्रशंसा

वासिङ्टन - चीन दृष्टिकोण : परिवर्तनको सङ्केत , कठोर धारणा- ' नरम ' !

मंगलवार , कार्तिक ११, २०८२

 

वासिङ्टन, कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भेटअघि चीनप्रति लामो समयदेखि रहेको कठोर धारणा नरम पार्दै सीलाई उत्कृष्ट र प्रतिभाशाली व्यक्ति का रूपमा वर्णन गरेका छन ।

सन् २०१९ पछि उहाँहरूको यो पहिलो प्रत्यक्ष भेट हुने छ । ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, 'उहाँ एक अर्ब ४० करोड जनतालाई कठोरतापूर्वक चलाउनुहुन्छ स्मार्ट, प्रतिभाशाली, असाधारण व्यक्ति । हलिउडमा पनि उहाँको जस्तो कोही छैन ।

चीनमाथि कठोर बयानबाजीका बिच उहाँले यसरी प्रशंसा गर्नुलाई विश्लेषकहरूले वासिङ्टनको परम्परागत चीनप्रतिको दृष्टिकोणमा परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरेका छन् । ट्रम्प र सीबिचको वार्ताको एजेन्डामा व्यापार मुख्य विषय हुने छ ।

हालै क्वालालम्पुरमा भएको वार्तापछि दुवै पक्षले व्यापार सम्झौता नजिकिएको सङ्केत दिएका छन् । तर विश्लेषकहरूले दीर्घकालीन सहमतिको सम्भावनामा शङ्का प्रकट गरेका छन् ।

पूर्व राष्ट्रपति बराक ओबामाका चीन सल्लाहकार रायन हासले भने, ट्रम्पले सम्झौता खोजिरहेको छ, तर अमेरिकी नोकरशाही अझै बेइजिङप्रतिको प्रतिरोधमा केन्द्रित छ ।

उहाँका अनुसार चीन संयुक्त राज्य अमेरिकासँग बराबरीको साझेदारी नभई, आफ्नै प्रभाव क्षेत्र विस्तारमा बढी रुचि राख्छ । सन् २०१९ मा ट्रम्पले चीनसँग गरेको ऐतिहासिक व्यापार सम्झौताले दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी निर्यात वृद्धि गर्ने अपेक्षा गरिएको थियो, तर कोभिड-१९ महामारीपछि त्यो असफल भयो ।

त्यसपछि ट्रम्पले महामारीलाई चिनियाँ भाइरस भन्दै तीव्र असन्तोष प्रकट गरेका छन । जो बाइडेन प्रशासनले पनि चीनमाथि संवेदनशील प्रविधि प्रतिबन्धलगायत दबाब कायम राखेको थियो, यद्यपि सीमित सहकार्यका लागि द्विपक्षीय संवाद पनि जारी छ ।

स्टिम्सन सेन्टरकी विश्लेषक युन सन भन्छिन्, ' चिनियाँलाई ट्रम्पको शैली मन नपरे पनि उनीहरू उहाँलाई व्यावहारिक सम्झौतामा सक्षम व्यक्ति ठान्छन् । उनीहरूलाई लाग्छ, ट्रम्प धेरै मुद्दामा बाइडेन प्रशासनभन्दा बढी लचिलो हुन सक्नुहुन्छ ।

यसैबिच, विदेश नीति विश्लेषक हेनरिएटा लेभिनका अनुसार ट्रम्पको असामान्य वार्ता शैलीका कारण राष्ट्रपति सी ताइवान सम्बन्धी छलफलमा उनको प्रतिक्रिया कस्तो हुने छ भन्नेमा अनिश्चित छ ।

उनले भने, ट्रम्पले रणनीतिक विषयलाई आर्थिक र राजनीतिक मुद्दासँग सिधा जोड्ने प्रवृत्ति राख्नुहुन्छ, जसले चीनलाई अवसर र चुनौती दुवै दिन सक्छ ।

चीनले ताइवानमा अमेरिकी हतियार बिक्रीको कडा विरोध गर्दै आएको छ र अमेरिकाले ताइवानको स्वतन्त्रताको समर्थन गर्दैन भन्ने स्पष्ट वचन खोजिरहेको बताइएको छ ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, संयुक्त राज्य अमेरिका कुनै पनि व्यापार सम्झौताका नाममा ताइवानबाट टाढा जाने छैन भन्दै बेइजिङप्रतिको कडा नीति दोहोर्याएका छन । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार