२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्री - सुरक्षा निकाय प्रमुख छलफल

सुरक्षा चुनौतीबारे चासो : 'संवादबाटै समाधानको प्रयास "

शनिवार , कार्तिक ८, २०८२

 

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् ।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ-आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं ।

विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुरा पनि आएका छन्,' बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, 'आफ्ना राजनीतिक माग जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् ।

राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं ।' सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं । संवादबाटै समस्याको समाधान चाहन्छौं ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार