२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्री कार्कीको राजदूतहरुलाई ब्रिफिङ

निष्पक्ष निर्वाचनबाट - ' जननिर्वाचित सरकारलाई सत्ता सुम्पन्छौ '

शुक्रवार , आश्विन ३१, २०८२

 

काठमाडौँ, असोज । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा  निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छन ।

उनले भनिन्, यो गैर राजनीतिक संक्रमणकालीन् सरकारको एउटै लक्ष्य आगामी फाुगन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नेछौं ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उनले सो कुरा बताएकी हुन ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले हालैको जेन( जेड आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिईन । उनले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारेकी छन ।

उनले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको बताइर्न र सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको छ भनेकी छन । सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्रीले प्रस्तुत गरे ।

विदेशमा बस्ने नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा पनि छलफल भइरहेको सो अवसरमा प्रधानमन्त्री कार्कीले बताएकी छन ।

लोकतान्त्रिक व्यवस्थालाई अझ थप बलियो बनाउन रचनात्मक तरिकाले लाग्न जेन जेड समूहलाई अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई समेत जेन जेड समूहको भावनालाई बुझ्न अनुरोध गरिन ।

मुलुकमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउँदै प्रधानमन्त्री कार्कीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरिएको पनि सो अवसरमा बताईन ।

साथै, हालै भएको विध्वंसनात्मक घटनाका विषयमा छानबिन गर्न आयोग गठन गरर काम भइरहको पनि उनले जानकारी गराएकी छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार